Techie IT
२०८३ असार ७, आइतबार

निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट हटायो ७६ उम्मेदवार


निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएका समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ। कानुनअनुसार उम्मेदवारीका लागि अयोग्य देखिएपछि ती नामहरू हटाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमाथि परेका उजुरी, प्रचलित कानुनबमोजिम तोकिएको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा नाम हटाइएको हो।

आयोगले दिएको विवरणअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर नपुगेका चार जना, मतदाता नामावलीमा समावेश नभएका एक जना तथा महिला उम्मेदवार हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेश गरिएका एक जनाको नाम सूचीबाट हटाइएको छ।

यस्तै, मतदाता नामावली पिछडिएको क्षेत्रमा नपरेका दुई जना, सम्बन्धित राजनीतिक दल आफैंले नाम हटाउन पत्राचार गरेका १० जना र एकभन्दा बढी कारण देखिएका दुई जनाको नाम पनि सूचीबाट हटाइएको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट