Techie IT
२०८२ माघ २१, बुधबार

“संसद पुनर्स्थापनामा हिउँ बर्सियो” - गोकुल बास्कोटा


नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ चुनावपछिका लागि सारेपछि तीखो व्यंग्य गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको’ टिप्पणी गर्दै राजनीतिक वातावरण तातिएको संकेत गरेका हुन्।

संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले र नेपाली कांग्रेसका केही सांसदहरू सर्वोच्च अदालत पुगेका थिए। तर अदालतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्र सुनुवाइ गर्ने निर्णय गरेपछि बास्कोटाको प्रतिक्रिया आएको हो।

उनले लेखेका छन्, “सर्वोच्चले संसद पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ।”

गठबन्धनले जनताको समर्थन तोड्न सजिलो नहुने दाबी गर्दै उनले अन्त्यमा थप टिप्पणी गरेका छन्, “अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।”

उनको उक्त अभिव्यक्तिले अदालतको निर्णय र चुनावी प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा थप चर्चा चुलिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट