Techie IT
२०८३ असार ७, आइतबार

बस दुर्घटनाप्रति नेकपा बझाङको शोक वक्तव्य: दुई दिन सबै कार्यक्रम स्थगित


बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङतर्फ फर्किंदै गर्दा बडुगाउँको मोडमा भएको भीषण बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बझाङले आज र भोलि दुई दिनका लागि आफ्ना पूर्वघोषित सबै कार्यक्रम स्थगित गरेको छ ।

जिल्ला पार्टीले शोक वकतब्य जारी गर्दै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

यस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रहरीका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट