Techie IT
२०८२ फागुन २, शनिबार

घण्टौँ जाम र असुरक्षित यात्रा अन्त्य गर्नैपर्छ – गगन थापा


नेपाली कांग्रेसका सभापति गगन थापाले देशको सार्वजनिक यातायात प्रणालीमा व्यापक सुधार अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने दिशामा ठोस तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार अहिलेको सार्वजनिक यातायात प्रणाली अव्यवस्थित, असुरक्षित र नागरिकमैत्री नभएको स्पष्ट देखिन्छ।

थापाले भने, “घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा, यही हाम्रो सार्वजनिक यातायातको यथार्थ हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था यी सबै समस्याले देखाउँछ कि सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।”

उनले सार्वजनिक यातायातको समग्र पुनर्संरचना गरी आधुनिक, व्यवस्थित र प्रविधिमैत्री प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट