Techie IT
२०८३ असोज १४, बुधबार

ओली आज झापा जादै


एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पुनः आफ्नो निर्वाचन क्षेत्र झापा जाने भएका छन्। बिहान १०ः२० बजे काठमाडौँबाट प्रस्थान गरी भद्रपुर विमानस्थल अवतरणपछि उनी औपचारिक रूपमा निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ।

यसअघि माघ २३ गते झापा पुगेका ओलीले सात दिनको बसाइमा करिब ८० वटा गाउँ–टोलको भ्रमण गरेर काठमाडौँ फर्किएका थिए।

आजको कार्यक्रमअनुसार उनले शिक्षक भेला, धिमाल समुदायको भेला तथा मुस्लिम समुदायसँगको अन्तरक्रियामा सहभागिता जनाउनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाका सचिव तुलसी कार्कीले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट