Techie IT
२०८३ असार ७, आइतबार

काँग्रेस–एमाले छाडेर एक दर्जन कार्यकर्ता नेकपामा प्रवेश, अठिमाडा टोल नै नेकपामय


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुर्गाथली गाउँपालिका–२ को आज सम्पन्न घरदैलो कार्यक्रममा अठिमाडा टोलका एक दर्जनभन्दा बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गर्दै उनीहरू पार्टीमा आबद्ध भएका हुन्।

अठिमाडा टोलका अगुवा नेता तथा समाजसेवीहरू नेकपामा प्रवेश गरेपछि सिंगो टोल नै ‘नेकपामय’ बनेको दाबी गरिएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको व्यापक घरदैलो अभियानमा जनताको आकर्षण नेपाली कम्युनिष्ट पार्टीमा उल्लेख्य रूपमा बढ्दै गएको नेकपाका नेता यज्ञ गिरी विष्टले बताए।

नेकपामा प्रवेश गर्नेहरूमा नेपाली काँग्रेस परित्याग गर्नेमा बहादुरे सार्की, धनु सार्की, बिरु सार्की, धौली सार्की र सुनि सार्की रहेका छन्। त्यसैगरी नेकपा एमाले त्याग्ने जसि सार्की, डबल सार्की र रिनी सार्की पनि नेकपामा समाहित भएका छन्।

पार्टी प्रवेशसँगै स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग आएको नेकपाको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट