Techie IT
२०८३ असार ७, आइतबार

नेकपा एसनिकट युवा संघका अध्यक्ष थापा रास्वपामा प्रवेश


एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) (नेकपा एस) सम्बद्ध युवा संघका अध्यक्ष रोशन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

गत वर्ष झलनाथ खनाल पक्षका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई हटाएर माधव नेपाल पक्षबाट थापा अध्यक्ष बनेका थिए। पार्टी एकता भए पनि जनसंगठनबीच औपचारिक एकता प्रक्रिया टुंगोमा नपुगेको अवस्थामा थापाको दल परिवर्तनले संगठनभित्र नयाँ तरंग पैदा गरेको छ।

थापा रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। अध्यक्ष नै अर्को दलमा गएपछि उक्त युवा संघ हाल नेतृत्वविहीन बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट