Techie IT
२०८३ असार ७, आइतबार

एमाले नै देश बनाउने शक्ति हो : नेता पोखरेल


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले एमाले सधैँ देश निर्माण गर्ने शक्तिका रूपमा स्थापित रहेको बताएका छन्।

काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै एमालेले विकास र स्थायित्वको राजनीतिलाई प्राथमिकता दिँदै आएको दाबी गरे।

“एमाले सधैँ देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” उनले भने, “एमालेले देश निर्माणको काम अघि बढाउँदा विरोधीहरूले विभिन्न बहाना बनाएर बखेडा झिक्ने गर्छन्।”

पोखरेलले जनताका गुनासा, आलोचना र समस्यालाई सुन्ने तथा समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे। फरक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनले देशलाई सही ट्र्याकमा ल्याउने अवसर प्रदान गर्ने उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट