Techie IT
२०८२ फागुन २२, शुक्रबार

रूपन्देही–२ मा सुलभ खरेलको भारी अग्रता, विष्णु पौडेल निकै पछि


रूपन्देही–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले अत्यधिक अग्रता बनाएका छन्।

हालसम्मको मतपरिणामअनुसार खरेलले १३,८६९ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले ३,१३३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका चुन्‍नप्रसाद शर्मा पौडेलले १,७७९ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका शुभाष पाण्डे (विश्वदीप) ले ४०५ मत प्राप्त गरेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले २४९ मत र राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २०९ मत पाएका छन्।

हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका खरेलले अन्य प्रमुख दलका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पार्दै अग्रता कायम राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट