Techie IT
२०८३ असार ७, आइतबार

गोरखा–१ मा रोचक प्रतिस्पर्धा : कांग्रेस ४ मतले अगाडि, सुधन गुरुङ पछारिए


प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना अत्यन्त रोचक र तीव्र प्रतिस्पर्धामय बनेको छ। ताजा मतपरिणामअनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच झिनो मतान्तर देखिएको छ।

हालसम्मको गणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले ४,२६३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले कडा चुनौती दिइरहेका छन्। गुरुङले ४,२५९ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीचको मतान्तर मात्र ४ मत रहेको छ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराज अधिकारी २,२८१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

गोरखा–१ मा कांग्रेस र रास्वपाबीचको अत्यन्तै झिनो मतान्तरले अन्तिम परिणाम झन् रोचक बन्ने संकेत देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट