Techie IT
२०८३ असोज १४, बुधबार

डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी


एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन्।

बुढाले ६ हजार ८०२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लङ्कबहादुर रोकायलाई १ हजार ४०६ मतान्तरले पराजित गरेका हुन्। रोकायले ५ हजार ३९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिएका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरेका छन्।

डोल्पामा यस पटक नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। २५ हजार ५ मतदाता रहेको यस क्षेत्रमा १६ हजार ४३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट