Techie IT
२०८२ फागुन २४, आइतबार

बैतडीमा रास्वपाको उदय : हरिमोहन भण्डारी ३,९४० मतान्तरले विजयी, एमालेको हैट्रिकमा ब्रेक


हरिमोहन भण्डारी

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार भण्डारीले २२ हजार १३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्दले १८ हजार १९४ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका छन् भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुपेन चन्दले २ हजार ६८१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारले भने एक हजार मतसमेत कटाउन सकेनन्।

बैतडीमा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी परेको थियो। १ लाख ५६ हजार ३७२ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए।

यसअघि लगातार तीन पटक विजयी भएका एमाले नेता दामोदर भण्डारीको जितको श्रृंखलामा यसपटक ब्रेक लागेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट