Techie IT
२०८३ असार ६, शनिबार

किन ४ दिनदेखि ठप्प छ तातोपानी नाका?


नेपाल-चीन सीमास्थित तातोपानी नाकामा चार दिनदेखि मालवाहक सवारीसाधनको आवतजावत ठप्प भएपछि चासो बढेको छ।

हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत नाकाको अवस्थाबारे प्रश्न उठाएपछि विषय थप चर्चामा आएको हो। तर तातोपानी भन्सार कार्यालयले भने नाका बन्द नभएको स्पष्ट पारेको छ। कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार सडकको भौगोलिक समस्या र मर्मत कार्यका कारण यातायात अवरुद्ध भएको हो।

उनका अनुसार पछिल्लो तीन-चार दिनदेखि सडकमा आएको अवरोधका कारण मालवाहक कन्टेनरहरू चिनियाँ भूभागमै रोकिएका छन्। “माथिबाट पहिरो खसेको र तल सडक खन्ने क्रममा जमिन धसिएकाले बाटो बिग्रिएको हो,” उनले भने, “पछिल्लो वर्षाका कारण समस्या झन् जटिल बनेको छ। यो कुनै नाकाबन्दी होइन, केवल सडक अवरुद्ध भएको हो।”

पाण्डेले सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लामा विश्वास नगर्न आग्रह गर्दै सडक मर्मत तीव्र रूपमा भइरहेको र आज साँझसम्म बाटो खुल्ने सम्भावना रहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट