सीट थोरै भएपनि उत्पीडितको अधिकार स्थापित भयो - प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले थोरै सिट जिते पनि आफ्ना मुद्दाले जित हासिल गरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान तथा अधिकार स्थापित हुनु आफ्नो राजनीतिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।
उनले भने, ‘पार्टीले थोरै सिट ल्याए पनि जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्र निर्माणसम्म आइपुग्दा उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित भएको छ। जहाँबाट जो–जो निर्वाचित भए पनि मलाई गर्व लाग्छ। यो हाम्रै बलिदान, त्याग र तपस्याको परिणाम हो।’
प्रचण्डले वर्तमान संसदमा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै प्रतिनिधि सभामा वैधानिक रूपमा रहेको दाबी पनि गरे।
उनले थपे, ‘यो आफैंमा चुनौती पनि हो र अवसर पनि हो। सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना छ। जहाँ राम्रो हुन्छ, त्यहाँ हाम्रो सहयोग रहन्छ र कमजोरी देखिएमा रचनात्मक आलोचना गर्छौं।’
उनले आफ्नो पार्टी आगामी दिनमा रचनात्मक र सृजनात्मक ढंगले अगाडि बढ्ने पनि बताए।



तपाईको प्रतिक्रिया दिनुहोस