Techie IT
२०८३ असार ६, शनिबार

एमालेको आज संसदीय दलको बैठक बस्दैँ


नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।

पार्टी कार्यालयमै बस्ने गरी बैठक आह्वान गरिएको सचिव महेश बस्नेतले जानकारी दिएका छन्। प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्ने तय भएकाले आजको बैठकले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।

यसअघि मंगलबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा राजनीतिक तथा कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो।

एमालेले संसदभित्रैबाट पनि ओली पक्राउको कडा विरोध गर्ने रणनीति बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट