Techie IT
२०८३ असार ६, शनिबार

कांग्रेसको अनुशासन समितिको बैठक बस्दै, कसलाई होला कार्वाही?


नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे विपी स्मृती भवन सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले दिएका छन्।

केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्ने बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देखिएका अनुशासन उल्लङ्घन तथा अनियमितताबारे छलफल हुने जनाइएको छ।

अनुशासन समितिका सदस्यहरूलाई सूचनामार्फत बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट