Techie IT
२०८३ असोज ११, आइतबार

बादलको अभिव्यक्तिले एमालेभित्र हलचल : आज आकस्मिक सचिवालय बैठक बस्दै


आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण आकस्मिक रूपमा बैठक बोलाइएको हो। केही पदाधिकारीको दबाबपछि तय गरिएको बैठक दिउँसो १ बजे बस्नेछ।

उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत रहेको स्पष्ट पारेका छन्। त्यस्तै, उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना जनाएका छन्।

पौडेलले आजको बैठकमा विषयवस्तुमाथि गम्भीर छलफल हुने र उपयुक्त निर्णय लिइने अपेक्षा व्यक्त गरेका छन्। बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेभित्र आन्तरिक असन्तोष बढ्दो देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट