Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

एमालेले सच्यायो बादलको अभिव्यक्ति


नेकपा एमालेले पार्टीका कार्यवहाक अध्यक्ष तथा संसदिय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा दिएको अभिव्यक्ति सच्याएको छ।

शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त अभिव्यक्तिमा संशोधन गर्ने निर्णय गरेको हो। हिजो प्रतिनिधिसभाको पहिलो वैठकमा थापाले कडा भाषण गरेका थिए । 

बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए।

आजको वैठकको निर्णयमा कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट