Techie IT
२०८२ चैत्र २०, शुक्रबार

एमालेको सचिवालय वैठकबाट के के भए निर्णयहरु?


नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त जनमतलाई सम्मान गर्दै विजेताहरूलाई औपचारिक बधाई दिएको छ।

आजको सचिवालय बैठकमा चुनावको संक्षिप्त समीक्षा गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् । बैठकले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई भारी बहुमतका साथ सरकार गठन गरेकोमा बधाई ज्ञापन गरेको छ।

पार्टीले निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सबै सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गरेको छ।

मुख्य निर्णयहरू:
१. संसदीय दलको नेता चयन - पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरेको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ।
२. विवादित अभिव्यक्ति सच्याइएको - कार्यवाहक अध्यक्ष बादलले संसद्मा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायसम्बन्धी दिएको अभिव्यक्तिप्रति पार्टीले समीक्षा गरी ती निकायप्रति सम्मान र सद्भाव कायम रहेको स्पष्ट पारेको छ।
३. साइबर आक्रमणको निन्दा - पार्टीका नेता र कार्यकर्ताविरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
४. विद्यार्थी संगठनमाथिको प्रतिबन्धको विरोध - सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने वा प्रतिबन्ध लगाउने निर्णयको कडा विरोध गरिएको छ।
५. विज्ञापन नीतिको विरोध - सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत् दिने निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै फिर्ता लिन माग गरिएको छ।
६. वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा - पश्चिम एसियामा जारी द्वन्द्वका कारण असुरक्षित बनेका नेपालीहरूको उद्धार र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट