Techie IT
२०८२ चैत्र २९, आइतबार

म त धेरैअघि मरेको मान्छे हुँ - अध्यक्ष हर्कराज राई


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफू व्यक्तिगत इच्छा र चाहनाभन्दा माथि उठेर पूर्ण रूपमा जनताको सेवामा समर्पित भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गर्दै उनले आफू व्यक्तिगत रूपमा ‘धेरैअघि नै मरेको’ र बाँकी जीवन देशका लागि अर्पण गरेको उल्लेख गरेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले दशकौँअघि नै आफ्ना लागि सोच्न छोडेको बताउँदै आफूलाई “जनताको दुःख समाधान गर्ने एउटा औजार” का रूपमा चित्रण गरेका छन्। "न मलाई पीडा हुन्छ, न खुसी, म पत्थर हुँ, निर्जीव ढुङ्गा हुँ” उनले फेसबुकमा लेखेका छन्, “मेरा हरेक पाइलाले मलाई कतै पुर्‍याउनु छैन, पुर्‍याउनु छ त केवल देश र समाजलाई।”

आफूलाई देशको बोझ बोक्ने ‘भरिया’ को संज्ञा दिँदै उनले आफ्ना आँसु पनि व्यक्तिगत नभई राष्ट्रको पीडाको प्रतीक भएको बताएका छन्। देशप्रेमका कारण पाएको गाली र अपमानलाई उनले ‘अनमोल उपमा’ भन्दै त्यसलाई स्वीकार गर्ने उल्लेख गरेका छन्।

गौतम बुद्धको प्रसङ्ग जोड्दै राईले त्याग र परिवर्तनको बाटो रोजेको संकेत दिएका छन्। “आफैँलाई त्यागेर देश अंगाल्नेको नियति यस्तै हुन्छ,” उनले लेखेका छन्, “म एउटा सपना र संकल्पका लागि मात्र बाँचेको हुँ।” आफू र आफ्नो भन्ने कुनै भावना बाँकी नरहेको भन्दै उनले सम्पूर्ण जीवन देश र माटोका लागि समर्पित रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट