Techie IT
२०८३ असोज ११, आइतबार

कांग्रेसमा अनुशासनको डण्डा : कान्छाराम लाई ३ दिनभित्र स्पष्टीकरण दिन आदेश


नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)सँग तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ। सोमबार बसेको समितिको बैठकले तामाङलाई निर्धारित समयसीमाभित्र आफ्नो धारणा स्पष्ट पार्न निर्देशन दिएको हो।

पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए।

समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको देखिएकाले उक्त कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क), (ख), (ग), (ङ) र (च) बमोजिम अनुशासन उल्लङ्घन ठहरिन्छ।”

उक्त आधारमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम तामाङसँग तीन दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट