फेरी के पाक्दै छ, प्रचण्ड र गगनको भेटमा के भयो कुराकानी ?
प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बिच पहिलो पटक औपचारिक भेटवार्ता भएको छ। मंगलबार दिउँसो प्रचण्ड निवास खुमलटारमा भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटवार्तामा वर्तमान राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र आगामी सत्ता समीकरणका सम्भावित स्वरूपबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ। निर्वाचन परिणामपछि दुई शीर्ष नेताहरू एकै ठाउँमा बसेर संवाद गरेको यो पहिलो अवसर हो।
भेटबारे पुष्टि गर्दै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले समसामयिक राजनीतिका विविध पक्षमा छलफल भएको जानकारी दिएका छन्। "पार्टी महामन्त्री गगन थापा र प्रचण्डबिच भेटवार्ता भएको हो," प्रवक्ता चालिसेले रातोपाटीसँग भने, "देशको पछिल्लो राजनीतिक घटनाक्रम र बदलिँदो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ।"



तपाईको प्रतिक्रिया दिनुहोस