Techie IT
२०८३ असार ८, सोमबार

सुदन किराती ‘श्रम संस्कृति’मा जोडिएको सम्पाङको दाबी


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती ‘श्रम संस्कृति’ पार्टीमा आबद्ध भइसकेको जनाएका छन्।

पछिल्लो समय हर्क र सुदनबीचको सहकार्यबारे फैलिएका विभिन्न अफवाहलाई चिर्दै सम्पाङले यस्तो बताएका हुन्। सम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “सुदन किरातीज्यू श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ। यो–त्यो भनेर अफवाह नफैलाउनू।”

यद्यपि, किराती ‘श्रम संस्कृति’मा वरिष्ठ नेताका रूपमा प्रवेश गर्ने चर्चा चले पनि अहिलेसम्म औपचारिक घोषणा भने गरिएको छैन। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट