Techie IT
२०८३ वैशाख ३०, बुधबार

पूर्वराष्ट्रपति रामवरणसहित पूर्वविशिष्टविरुद्ध सर्वोच्चमा रिट


नव निर्मित सर्वोच्च अदालत

पूर्वराष्ट्रपति डा‍. रामवरण यादव लगायत पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको आरोपसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

विदेशमा उपचार गराएको खर्च राज्यले व्यहोर्ने स्पष्ट कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयमार्फत उनीहरूले उपचार खर्च पाएको दाबी रिटमा गरिएको छ । उक्त रिटको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

नेपालमा उपचार सम्भव हुँदाहुँदै पनि पूर्व पदाधिकारीहरू विदेशमा उपचारका लागि जाने र मन्त्रिपरिषद्को निर्णयबाट राज्यकोषबाट खर्च व्यहोर्ने अभ्यास लामो समयदेखि चल्दै आएको थियो ।

२०७५ सालमा जनस्वास्थ्य ऐन जारी भएपछि यस्तो कार्यमा रोक लगाइएको भए पनि पछिल्ला कार्यविधिहरूको व्यवस्था प्रयोग गर्दै विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउने क्रम जारी रहेको उल्लेख गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट