Techie IT
२०८३ असोज १०, शनिबार

पालेन न्यायाधीश नियुक्तिले न्यालयको धज्जी उड्यो - नेता बस्नेत


नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले सिफारिस गरेको प्रधानन्यायाधीश नियुक्तिमा दशकौँदेखि स्थापित विधि र परम्परा मिचिएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै संवैधानिक परिषद्मा वरिष्ठताका आधारमा सपना मल्ल प्रधानको नाम सिफारिस गर्ने सहमति बनेको अवस्थामा त्यसलाई तोडेर फरक नाम अघि सारिएको बताएका हुन्।

बस्नेतले यस्तो निर्णयले न्यायालयमा गलत परम्परा संस्थागत गर्ने प्रयास भएको टिप्पणी गरेका छन्। उनले यो केवल नियुक्तिको विवाद मात्रै नभई न्यायपालिकाको स्वतन्त्रता र संस्थागत मर्यादामाथिको हस्तक्षेपसमेत भएको दाबी गरेका छन्। 

उनले लेखेका छन्, “बालेन शैलीको मनोमानी अब अदालतसम्म पुर्‍याएर ‘पालेन न्यायाधीश’ बनाउने प्रवृत्ति बढ्नु लोकतान्त्रिक प्रणालीका लागि गम्भीर संकेत हो।”

बस्नेतले न्यायालय व्यक्तिको इच्छाअनुसार नभई विधि, प्रक्रिया र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट