Techie IT
२०८३ असार ३०, मंगलबार

मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू - पूर्वप्रधानन्यायाधीश कार्की


पूर्वप्रधानन्यायाधीश तथा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की र हालका प्रधानमन्त्री बालेन्द्र शाह बीच सम्बन्ध चिसिएको चर्चा सार्वजनिक रूपमा देखिन थालेको छ। यसअघि बालेन्द्र शाहलाई “छोरासरह” मान्ने कार्की अहिले उनीप्रति निकै असन्तुष्ट देखिएकी छन्।

संवैधानिक परिषद्ले पहिलो वरियताकी न्यायाधीश सपना प्रधान मल्ल लाई पन्छाएर चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन्।

यसैबीच, आज शुक्रबार एक सार्वजनिक कार्यक्रममा पत्रकार तथा युट्युबर दिवाकर साह ले “आमा दर्शन” भन्दै माइक अगाडि बढाउँदा कार्कीले कडा प्रतिक्रिया दिएकी थिइन्। ‘को हो आमा भन्ने?’ भन्दै वरिपरि हेरेपछि उनले साहलाई लक्षित गर्दै भनिन्, “तिमीहरूको आमा फेरिइसक्यो। म मेरो बच्चाको मात्रै आमा हुँ।”

पत्रकार साहले “तपाईं देशकै आमा हो” भनेपछि कार्कीले झन् तीखो जवाफ फर्काउँदै भनिन्, “मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू।”

कार्कीको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित असन्तुष्टि र व्यंग्यका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट