जेन–जी आन्दोलनमा सुधन गुरुङकै कारण हिंसा भड्कियो - आयोग प्रतिवेदन
जेन–जी आन्दोलनका क्रममा आयोजक समूहले फर्किन आग्रह गर्दा पनि ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले प्रदर्शनस्थलमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ ।
मानव अधिकारसम्बन्धी प्रतिवेदनअनुसार २०८२ भदौ २३ गते बिहान करिब ९ बजे जेन–जी अभियानका अगुवा रक्षा बम र जस्टिन ओझा लगायतको समूह माइतीघर मण्डला पुगेपछि सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक तथा तीन वटा एम्बुलेन्ससहितको तयारी गरेको देखिएको थियो । प्रतिवेदनमा रक्षा बम र जस्टिन ओझालगायतले गुरुङसँग विवाद गर्दै उनलाई प्रदर्शनस्थलबाट फर्किन आग्रह गरेको उल्लेख गरिएको छ ।
आयोगको प्रतिवेदनअनुसार शान्तिपूर्ण भनिएको प्रदर्शनमा सुरुदेखि नै एम्बुलेन्स, प्राथमिक उपचार सामग्री र स्वास्थ्य स्वयंसेवकको व्यवस्था गर्नुले आन्दोलन हिंसात्मक हुन सक्ने पूर्वसंकेत देखिएको निष्कर्ष निकालिएको छ ।
प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि आन्दोलन उत्तेजित र हिंसात्मक बनेको तथा त्यसक्रममा “गलत तत्व” को घुसपैठ भएको सुरक्षा अधिकारीहरूको बयानमा उल्लेख गरिएको छ ।
यस्तो अवस्था सिर्जना हुँदासमेत आयोजक पक्षले घुसपैठ रोक्न प्रभावकारी प्रयास नगरेको तथा सुरक्षा निकायले पनि पर्याप्त विश्लेषण र तयारी गर्न नसकेको प्रतिवेदनले औंल्याएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस