बालेनले आफैँ आएर माफी नमागेसम्म संसद चल्न दिन्नौँ: नेता राई
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भई आफ्नो 'विवादास्पद' अभिव्यक्ति नसच्याएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले राष्ट्रिय स्वाधीनता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको गैरजिम्मेवारपूर्ण बयान कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।
सांसद राइले भने -“प्रधानमन्त्रीले नेपाल-भारत सीमा सम्बन्धमा व्यक्त गरेको राष्ट्रघाती धारणा तत्काल सच्याउनुपर्छ। उहाँको गल्ती अरू मन्त्रीले संसद्मा आएर सच्याएर हुन्न, प्रधानमन्त्री शाह आफैँ सार्वभौम संसद्को रोस्ट्रममा उभिएर माफी माग्दै शब्द फिर्ता लिनुपर्छ।”
उनले मुलुकको भौगोलिक अखण्डता अक्षुण्ण राख्न र मिचिएको सीमाको रक्षार्थ तत्काल सीमा क्षेत्रमा नेपाली सेनालाई तैनाथ गर्नुपर्ने जोडदार माग समेत संसद् समक्ष राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस