सबै कम्युनिस्टलाई एक बनाउँछौं : नेता गौतम
नेकपा नेता बामदेव गौतमले नेपालका सबै वामपन्थी शक्तिबीच एकता गराउने बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक जुनसुकै कदम चाल्न तयार रहेको बताए।
सञ्चारकर्मीले ‘विद्या देवि भण्डारीको नेतृत्वमा पार्टी एकता गर्ने हो ?’ भन्ने प्रश्न सोध्दा उनले सबैलाई मिलाउन सकिने उपाय नै अपनाइने स्पष्ट पारे।
‘जे गर्दा सबैलाई मिलाउन सकिन्छ, त्यही गर्ने हो। त्यो गरिन्छ र पार्टी एउटा बनाइन्छ,’ उनले भने, ‘अबको निर्वाचन कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने निर्वाचन हुनेछ।’
गौतमले देशका सबै कम्युनिस्ट दललाई एकताबद्ध गरी समाजवाद निर्माणको अभियानलाई सफल बनाउने दाबी गरे। साथै, आगामी १० वर्षभित्र नेपाललाई विकसित राष्ट्रको ढाँचामा पुर्याउने लक्ष्यसमेत व्यक्त गरेका छन् ।
उनले वामपन्थी शक्तिहरूको एकताले राजनीतिक स्थायित्व, आर्थिक विकास र समाजवाद निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस