Techie IT
२०८३ असार १२, शुक्रबार

डा. वाग्ले निर्विरोध उपसभापतिमा निर्वाचित


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फको उपसभापति पदका लागि उम्मेदवारी दिएका अर्का नेता विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।

रोचक कुरा त के छ भने, वाग्लेलाई उपसभापति बनाउन श्रेष्ठ स्वयं प्रस्तावक बसेका छन्। यद्यपि, निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम औपचारिक सूची प्रकाशित गर्न भने बाँकी नै छ।

रास्वपाको परिमार्जित विधानअनुसार केन्द्रीय कार्यसमितिमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ। वाग्ले निर्विरोध भएसँगै अब अन्य पदाधिकारी पदका लागि चुनावी सरगर्मी बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट