Techie IT
२०८३ असोज ८, बिहीबार

संसदमै बालेनमाथि व्यंग्य: ‘श्री ८’ बनाएर प्रश्नबाट बचाउन खोजियो


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्न नपाइने वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले व्यंग्यात्मक रूपमा प्रधानमन्त्री बालेनलाई ‘श्री ८’ को संज्ञा दिँदै सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको दाबी गरे।

उनले भने, ‘सरकारले श्री ८ वालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भन्ने मान्यता स्थापित गर्न खोजिरहेको छ। संविधान र कानुनी परिधिभित्र रहेर उठाइने प्रश्नभन्दा पनि माथि श्री ८ हुनुहुन्छ भन्ने सन्देश सरकारले नागरिकलाई दिन खोजेको छ।’

राईले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोपसमेत लगाए। उनले भने, ‘यो सरकार पनि भन्दै छ– तँ बोल, जति म सुन्न चाहन्छु। तँ हेर, जति म देखाउन चाहन्छु। तँ सुन, त्यति मात्र जति म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रता मैले कोरेको सीमाभन्दा बाहिर छैन।’

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार आलोचनाप्रति सहनशील हुनुपर्ने उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारलाई सीमित गर्ने कुनै पनि प्रयास लोकतन्त्रको मर्मविपरीत हुने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट