Techie IT
२०८३ असार ३०, मंगलबार

न्युरोडदेखि मिडिया गेटअघि गाडीपार्किङ ‘स्टन्ट’माथि भण्डारीको प्रश्न: ‘आर यू कमेडी मी?’


रियालिटी शो निर्देशक विशाल भण्डारीले काठमाडौंमा जथाभाबी सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गर्ने कार्यलाई आफूले देखेको ‘सबैभन्दा तल्लो स्तरको स्टन्ट’ भन्दै कडा आलोचना गरेका छन्। उनले यस्ता ‘बचपनापूर्ण’ गतिविधि त्यागेर जनताले महसुस गर्ने परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले न्युरोड क्षेत्रको पार्किङ विवाद र मिडिया हाउसको गेटमा सवारीसाधन तेर्स्याएर अवरोध गरिएको घटनाप्रति लक्षित गर्दै त्यसलाई ‘स्टन्टबाजी’ को संज्ञा दिएका हुन्। व्यंग्य गर्दै उनले लेखेका छन्, ‘आर यू कमेडी मी?’

भण्डारीले कलाकार, सञ्चारमाध्यम र नागरिक समाजको भूमिका सरकारको प्रशंसा मात्र गर्नु नभई, आवश्यकता पर्दा कमजोरी औँल्याएर सचेत गराउनु पनि भएको स्पष्ट पारे।

उनले लेखेका छन्, ‘परिवर्तनको आशामा चुनावअघि समर्थन गरेका थियौँ। तर चुनावपछि हाम्रो जिम्मेवारी सरकारका कमीकमजोरी देखाउने, प्रश्न गर्ने र सही बाटोमा अघि बढ्न झकझक्याउने हो।’

उनले प्रतिपक्षको मुख्य दायित्व पनि सरकारका कमजोरीमाथि औँला उठाउनु नै भएको उल्लेख गर्दै सरकारलाई आलोचना गर्नुपर्ने अवस्था नै नआउने गरी काम गर्न आग्रह गरेका छन्।

जनताले ठूलो अपेक्षा र विश्वासका साथ मत दिएको स्मरण गराउँदै भण्डारीले यस्ता ‘बचपनापूर्ण स्टन्टबाजी’ ले जनताको आशामा तुषारापात गर्ने चेतावनी दिएका छन्। समयमै सम्हालिएर जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट