पूर्वउपप्रधानमन्त्री रायमाझी १० महिनापछि छुट्ने
सर्वोच्च अदालतबाट ४ वर्षको कैद सजाय सुनाइएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अबको १० महिनामा थुनामुक्त हुने भएका छन्।
२०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझी अदालतको आदेशले पुर्पक्षका लागि निरन्तर थुनामा छन्। गत 'जेनजी आन्दोलन'का क्रममा भएको जेल ब्रेकका बेला उनी करिब १५ दिन बाहिर बसे पनि पछि आफैँ कारागार कार्यालयमा हाजिर भएका थिए। कानूनी प्रावधानअनुसार अदालतले सजाय तोक्दा अघिल्लो हिरासत तथा थुना अवधिलाई समेत गणना गर्ने भएकाले उनले अब बाँकी १० महिना मात्र जेल बस्नुपर्ने भएको हो।
यस्तै, २ वर्षको कैद सजाय पाएका अर्का पूर्वमन्त्री बालकृष्ण खाँणले भने अब करिब १ वर्ष ५ महिना जेल जीवन बिताउनुपर्ने भएको छ। यसअघि ७ महिना थुनामा बसेपछि उनलाई अदालतले धरौटीमा छाडेको थियो। पुराना थुना अवधि कट्टा गर्दा खाँणको तुलनामा रायमाझी पहिले थुनामुक्त हुने देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस