Techie IT
२०८३ असार ३१, बुधबार

गाडी तेर्स्याएर राज्यले बचपना देखायो : नेता मनिष झा


सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेर्स्याएर गरिएको सरकारी गतिविधिको कडा आलोचना गरेका छन्। उनले यस्तो कार्यलाई राज्यकै ‘बचपना’को संज्ञा दिँदै आफ्नै सरकारमाथि प्रश्न उठाएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु भएको उल्लेख गर्दै नागरिकलाई थप त्रसित र आतंकित बनाउने गतिविधि राज्यबाट हुन नहुने बताएका छन्।

उनले कानुनी शासन र सुशासनको नाममा यस्ता प्रदर्शनमुखी गतिविधिले सकारात्मक सन्देश नदिने उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। झाले लेखेका छन्, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन–जी पुस्ताले शहादत गरेको हो?’

उनले यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने दाबी गर्दै राज्यका निकायले कानुनी शासनको पूर्ण पालना गर्दै जिम्मेवार, संयमित र नागरिकमैत्री ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट