Techie IT
२०८३ असार ३१, बुधबार

सिंहदरबार अगाडि विद्यार्थीमाथि धरपकडप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग


सिंहदरबार गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरूमाथि प्रहरीले धरपकड गरेको भन्दै नेकपा (एमाले) ले तीव्र आपत्ति जनाएको छ। 

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले राज्य आतंकविरुद्ध आवाज उठाउन पुगेका विद्यार्थीमाथि दमन गरिएको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरे। बुधबार बिहान सिंहदरबार गेटमा मोटरसाइकल तेर्स्याएर विरोधमा उत्रिएका अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सदनमा बोल्दै प्रमुख सचेतक महरले विद्यार्थीहरू सिंहदरबार जलाउन नभई विधिको शासन र कानुनी राज्यको पक्षमा सरकारको ध्यानाकर्षण गराउन आएको स्पष्ट पारे। सरकारले शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोजेको उनको आरोप थियो।

यसै क्रममा महरले पछिल्लो समय सत्तापक्षका सांसदहरूबाटै विगत ३५ वर्षमा केही पनि भएन भन्दै निरंकुश र तानाशाहीतन्त्र ठिक थियो भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै आक्रोश पोखे। उनले प्रश्न गरे, “०४६ सालपछि केही पनि भएन भन्ने भाष्य खडा गरेर के निरंकुशतन्त्र ठिक थियो भन्न खोजिएको हो? के हामी कानुनी राज्यको पक्षमा छैनौँ भन्न खोजिएको हो?”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट