Techie IT
२०८३ श्रावण २४, आइतबार

जनकपुरमा हर्क साम्पाङविरुद्ध हिन्दू सम्राट सेनाको अवरोध, प्रहरीले मन्दिर पस्न नदिएपछि फर्किए


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) लाई जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर भ्रमणका क्रममा आइतबार अवरोध सिर्जना भएको छ। ‘हिन्दू सम्राट सेना’ नामक समूहको कडा विरोध र मन्दिर परिसरमा उत्पन्न धकेलाधकेलको अवस्थापछि साम्पाङ दर्शन नै नगरी फर्किन बाध्य भएका छन्।

निर्धारित कार्यक्रमअनुसार साम्पाङ बिहान करिब ११ बजे आफ्ना समर्थकसहित मन्दिर दर्शनका लागि पुग्ने तयारीमा थिए। तर, उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच झडप र धकेलाधकेल सुरु भएको थियो।

हिन्दू सम्राट सेनाले साम्पाङमाथि ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको गम्भीर आरोप लगाउँदै जानकी मन्दिर प्रवेशमा रोक लगाउने घोषणा यसअघि नै गरेको थियो। सोही घोषणाका कारण मन्दिर आसपासको क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित हिंसात्मक झडप र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुवै पक्षका केही व्यक्तिलाई केहीबेर नियन्त्रणमा लिएको थियो।

घटना लगतै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले जनकपुरमा तनावको स्थिति उत्पन्न हुँदा समेत गृहमन्त्रीको फोन 'अफ' रहेको भन्दै तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट