Techie IT
२०८३ असोज ७, बुधबार

शासन सत्तामा लोकतन्त्रको मर्म नबुझ्नेहरू पुगे: पूर्वराष्ट्रपति डा. यादव


प्रथम राष्ट्रपति डा. रामवरण यादव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नै नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा पुगेको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित 'चक्रप्रसाद बाँस्तोला: बौद्धिकता र विद्रोह' नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सत्तासिन नेतृत्व र मन्त्रीहरूको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन्।

विशिष्ट अन्तर्राष्ट्रिय निकायहरूमा काम गरिसकेका र देशको सामाजिक-आर्थिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका अर्थमन्त्री स्वयम्‌ले नै संघीयता खारेज गर्नुपर्ने खालका अभिव्यक्ति दिइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। यस्ता विद्वान् मानिएका व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु देशका लागि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति यादवले संविधान र संघीयता विरोधी यस्ता अभिव्यक्तिले मुलुकलाई पुनः पछाडि धकेल्ने जिकीर गर्दै लोकतान्त्रिक प्रणालीको रक्षाका लागि गम्भीर हुन चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट