Techie IT
२०८३ श्रावण ८, शुक्रबार

विवादमा तानिए रास्वपा सांसद गुप्ता, ट्राफिक नियम मिचेको भन्दै आलोचना


सरकारले पछिल्लो समय ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिरहेका बेला सरकारको नेतृत्व गरिरहेको पार्टी रास्वपाका सांसदले नै नियमको धज्जी उडाएको पाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेका हुन्।

सार्वजनिक तस्बिरमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडिल्लो सिटमा जोखिमपूर्ण रूपमा उभिएर भिडियो खिचिरहेका देखिन्छन्। बिहीबार लहान नगरपालिका–१६ स्थित तरेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाने क्रममा उक्त दृश्य खिचिएको बताइएको छ।

सर्वसाधारणलाई नियम-कानुनको पाठ पढाउने सांसद स्वयंले नै यसरी सडक सुरक्षा र ट्राफिक नियमको उल्लङ्घन गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ।

यद्यपि, यो विषयलाई लिएर सांसद गुप्ता वा सम्बन्धित जिल्ला प्रशासन तथा प्रहरी निकायबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया वा कारबाहीको जानकारी सार्वजनिक भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट