Techie IT
२०८३ असोज ६, मंगलबार

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै


प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

साथै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। सोही दिन बिहान ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक पनि आह्वान गरिएको छ। उक्त बैठकमा 'सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास, आवश्यकता र चुनौती' विषयमा विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट