Techie IT
२०८३ श्रावण २२, शुक्रबार

आज तीनवटा संसदीय समितिका बैठक बस्दै


संघीय संसद्का विभिन्न तीनवटा संसदीय समितिको बैठक आज (शुक्रबार) बस्दैछ। प्राप्त सूचनाअनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।

बैठकका मुख्य एजेन्डा तथा कार्यसूचीहरू:
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वैठक आहिले बिहान १०:३० बजे बस्ने भएको छ । समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको वैठक आज बिहान १०:०० बजे बस्ने भनिएको छ । बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी सोही विषयमाथि छलफल हुनेछ।

पूर्वाधार विकास समितिको वैठक आज बिहान १०:०० बजे नै बस्ने यस समितिको बैठकमा विद्युत्का पोलहरू तथा वितरण लाइन व्यवस्थित नभएका कारण सडक निर्माण तथा विस्तारमा भइरहेको ढिलाइका विषयमा गम्भीर छलफल हुने कार्यसूची रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट