Techie IT
२०८३ श्रावण २३, शनिबार

सुनेको र देखेको भन्दा वास्तविकता फरक हुन सक्छ: प्रधानमन्त्री बालेन्द्र शाह


प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सही समय आउन केही समय लाग्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री शाहले धैर्य गर्न आग्रह गरेका हुन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’

प्रधानमन्त्री शाहले बाहिर सुनिएको वा देखिएभन्दा वास्तविकता फरक हुन सक्ने संकेत गर्दै थप लेखेका छन्, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

प्रधानमन्त्रीको यो संक्षिप्त तथा अर्थपूर्ण फेसबुक पोस्टलाई लिएर यतिबेला राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक चासो तथा चर्चा सुरु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट