Techie IT
२०८३ असोज १२, सोमबार

कांग्रेसको आत्मा र आदर्श नमर्ने गरी पार्टीलाई एकताबद्ध बनाउँछौँ: सभापति थापा


भक्तपुर: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापन पक्षमाथि दबाब बढिरहेका बेला उनले आत्मा मारेर एकता नहुने प्रष्ट पारेका हुन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र आत्मालाई जोगाएरै पार्टीलाई एकताबद्ध बनाइने बताए।

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय लिने उनले जानकारी दिए। सबैलाई गौरव लाग्ने कांग्रेस बनाउने दाबी गर्दै सभापति थापाले कसैले ‘कांग्रेसको झोले होस्’ भन्दा पनि छाती पिटेर ‘म कांग्रेसको झोले हुँ’ भन्न सक्ने गर्विलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट