Techie IT
२०८३ असोज १२, सोमबार

सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। लामो समयदेखि समान प्रकृतिको काम गर्दै आए पनि सेवा–सुविधा र पारिश्रमिकमा चरम विभेद गरिएको भन्दै उनीहरू गत साउन १४ गतेदेखि चरणबद्ध आन्दोलनमा छन्। व्यवस्थापन पक्षले आफूहरूको मागप्रति कुनै सुनुवाइ नगरेपछि केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको आन्दोलनरत पक्षले बताएको छ।

आन्दोलनरत कर्मचारीहरूले ‘समान कामको लागि समान ज्याला’, स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोषको सुनिश्चितता तथा पेसागत स्थायित्वलाई मुख्य मागका रूपमा अगाडि सारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट