Techie IT
२०८३ श्रावण २५, सोमबार

सिंहदरबारको नाम फेर्ने रास्वपा प्रस्तावमा एमाले महासचिव पोखरेलको कडा प्रतिवाद


नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भनी उठेको बहसप्रति कडा आपत्ति जनाएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिवाद गर्दै ऐतिहासिक बिम्बहरूप्रति अनास्था फैलाउनु उचित नहुने बताएका हुन्।

पुर्खाहरूले सिंहलाई शक्ति र पहरेदारको प्रतीकका रूपमा राज्यका मुख्य संरचना तथा मठमन्दिरमा सजाउनुको गम्भीर अर्थ रहेको उनको भनाइ छ। फेसबुकमार्फत सिंहका प्राकृतिक स्वभाव र विशेषताहरू प्रस्तुत गर्दै पोखरेलले यसलाई राज्यको सुशासन र रक्षात्मक क्षमतासँग जोडेका छन्।

राज्य कमजोर बन्दै गएको वर्तमान परिस्थितिमा शक्तिको प्रतीक मानिने सिंहदरबारजस्ता ऐतिहासिक बिम्बमाथि अनास्था र अविश्वास पैदा गर्नु अनुपयुक्त हुने पोखरेलको ठहर छ। संस्थाका नाम र संरचनाहरू केवल नाम मात्र नरही तिनको शक्ति र गम्भीरताका ऐतिहासिक पहिचान भएको उनले स्पष्ट पारेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट