Techie IT
२०८३ श्रावण २५, सोमबार

कप्तानगञ्जमा नागरिकको सुरक्षा दिन नसक्नु सरकारको चरम असफलता -राप्रपा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कप्तानगञ्ज र गोलबजारमा हालै घटेका द्वन्द्व तथा हिंसात्मक घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। नागरिकको जिउधनको सुरक्षा गर्न असफल हुनु वर्तमान सरकारको ठूलो कमजोरी रहेको राप्रपाको ठहर छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिँदै राप्रपाकी सांसद सरस्वती लामाले धार्मिक वा जुनसुकै बहानामा हुने हिंसाले अन्ततः देशलाई नै अपूरणीय क्षति पुर्‍याउने चेतावनी दिइन्। यस्ता अवाञ्छित घटनाहरू भविष्यमा दोहोरिन नदिन सरकारले प्रभावकारी सुरक्षा समन्वय र ठोस दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

कुनै पनि धर्ममाथिको हस्तक्षेप नभई सुशासन, पारदर्शिता र सामाजिक सद्भाव कायम राख्न अनिवार्य चालिनुपर्ने कदम भएको उनले स्पष्ट पारिन्। राज्यले ‘सर्वधर्म समभाव’ को सिद्धान्तलाई आत्मसात् गर्दै सबै धर्म, संस्कृति र ऐतिहासिक धरोहरको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट