Techie IT
२०८३ भाद्र ३, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आज विश्वासको मत लिँदै


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले प्रस्ताव पेस गर्न लागेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि सांसदहरूले आफ्नो धारणा राख्ने र त्यसपछि मतदान प्रक्रिया अघि बढ्नेछ। गत साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन्। 

विश्वासको मत प्राप्त गरेपछि उनले बाँकी मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन्। हाल मुख्यमन्त्री भट्टले नै आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

५१ सदस्यीय कायम रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २६ मत आवश्यक पर्छ। तर, अंकगणितका हिसाबले मुख्यमन्त्री भट्टलाई बहुमत जुटाउन सकस देखिदैन । 

सत्ता गठबन्धन र समर्थक दलहरूको पक्षमा २५ मतसम्म पुग्ने देखिए पनि दुई अंक भेट्न थप एक मतको आवश्यकता पर्ने भएकाले साविक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरू यस प्रक्रियामा निर्णायक बन्ने देखिएका छन्। तथापि नाउपा र मुख्यमन्त्रीको दल नेकपाविच पहिले नै एकिकरण भइसहेको छ ।  विश्वासको मतको परिणामसँगै सुदूरपश्चिम सरकारको भविष्य र विस्तारको बाटो तय हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट