Techie IT
२०८३ भाद्र ३, बुधबार

विपद् व्यवस्थापनप्रति मन्त्रालय गम्भीर छ: गृहमन्त्री सुधन गुरुङ


गृहमन्त्री सुधन गुरुङले सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्‌ प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले मन्त्रालय यस विषयमा अत्यधिक संवेदनशील रहेको स्पष्ट पारेका थिए ।

मन्त्री गुरुङले वर्तमान कानुनी व्यवस्थाअनुसार विपद्‌मा राहत तथा लाभ प्राप्त गर्दा प्रतिपरिवार एक व्यक्तिले मात्र पाउने प्रावधान रहेको जानकारी दिए। यदि एकभन्दा बढी व्यक्तिलाई लाभ दिनुपर्ने अवस्थामा विपद् अघि नै अंशबण्डा भई अलग बसेको हुनुपर्ने कानुनी बाध्यता रहेको उनले उल्लेख गरे। सोही कानुनी जटिलतालाई संशोधन गर्न र स्थानीय तहलाई थप उत्तरदायी बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरी काम भइरहेको उनले जानकारी दिए।

स्थानीय पालिकामा भवन निर्माण संहिताको पूर्ण पालना गराउन आवश्यक समन्वय र सहजीकरण भइरहेको बताउँदै मन्त्री गुरुङले विपद् व्यवस्थापन कुनै एक तहको मात्र नभई तीनै तहका सरकारको साझा जिम्मेवारी भएकाले आपसी सहकार्यमा जोड दिएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट