Techie IT
२०८३ भाद्र ३, बुधबार

राईको शव नेपाल ल्याउने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने - सांसद तामाङ


सांसद आशिका तामाङले वैदेशिक रोजगारी वा अन्य सिलसिलामा निधन भएका सन्तोष राईको शव नेपाल ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापनको खर्च नेपाल सरकारले व्यहोर्ने जानकारी दिएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै सांसद तामाङले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी करिब १५ दिनभित्र राईको शव नेपाल आइपुग्ने स्पष्ट पारेकी हुन्। यसअघि शव नेपाल ल्याउनका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगको अपिल गरिएको भए पनि अब सरकारले नै सबै खर्च व्यहोर्ने भएपछि थप आर्थिक सहयोग उठाउनु नपर्ने उनले उल्लेख गरेकी छिन्।

यसबीचमा राईकी श्रीमतीको बैंक खातामा संकलन भइसकेको सहयोग रकम भने अब मृतकको काजक्रिया तथा उनका छोराछोरी र बुबाको लालनपालन एवं हेरचाहमा प्रयोग गरिने तामाङले जानकारी दिएकी छिन्।

शव नेपाल ल्याउने जिम्मेवारी बहन गर्दै आवश्यक पहलकदमी लिने नेपाल सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै उनले बाँकी प्रक्रिया समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेकी छिन्। साथै, सन्तोष राईको शव स्वदेश फर्काउन आर्थिक सहयोग गर्ने, पोष्ट सेयर गर्ने तथा निरन्तर आवाज बुलन्द गर्ने देश-विदेशका सम्पूर्ण नेपालीप्रति उनले विशेष धन्यवाद ज्ञापन गरेकी छिन्।

आशिकाकाे स्टाटस -

स्व. सन्तोष राईको शव नेपाल ल्याउने सम्बन्धमा आज प्राप्त जानकारीअनुसार शव नेपाल ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापन खर्च नेपाल सरकारले नै गर्ने भएको छ । सबै प्रक्रिया पूरा गरी करिब १५ दिनभित्र शव नेपाल आइपुग्ने भएको छ । यसअघि हामीले सहयोगको अपिल गरेका थियौँ । अब शव ल्याउने खर्च सरकारले व्यहोर्ने भएकाले थप आर्थिक सहयोग आवश्यक छैन। अहिलेसम्म उहाँकी श्रीमतीज्यूको खातामा जम्मा भएको सहयोग रकम काजक्रिया तथा उहाँका छोराछोरी र बुबाको हेरचाहमा प्रयोग हुनेछ। सानो ठूलो नभनी सहयोग गर्नुहुने, पोस्ट share गर्नुहुने र आवाज उठाइदिनुहुने देश तथा विदेशमा रहनुभएका सबै नेपालीप्रति Thank you so much.

साथै, स्व. सन्तोषजीको शव नेपाल ल्याउने जिम्मेवारी लिएर आवश्यक प्रक्रिया अगाडि बढाएकोमा नेपाल सरकार तथा सम्बन्धित निकायलाई पनि धन्यवाद। अब बाँकी प्रक्रिया समयमै पूरा भएर उहाँको शव छिट्टै परिवारसम्म आइपुगोस्।
हार्दिक श्रद्धाञ्जली ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट