सुदूरपश्चिम सरकार विस्तार: नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तथा विस्तार गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूमध्ये प्रकाश रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओम विक्रम भाट ‘सरल’ ले भौतिक पूर्वाधार विकास मन्त्रालय र खुसीराम चौधरीले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
यसैगरी, राज्यमन्त्रीतर्फ इन्दिरा गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र जानकी पौडेल कुँवरले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस