Techie IT
२०८३ भाद्र ७, आइतबार

भदौ २३ र २४ को घटना सफल विदेशी जासुसी विद्रोह हो - रवीन्द्र मिश्र


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले भदौ २३ र २४ गतेका घटनाबारे आफूले राख्दै आएको धारणा फेरिएको बताएका छन्। यसअघि भदौ २३ लाई जेन–जी विद्रोह र २४ गतेको घटनालाई घुसपैठका रूपमा लिँदै आएका उनले हाल आएर यसलाई ‘सफल विदेशी जासुसी विद्रोह’को संज्ञा दिएका छन्।

अज्ञात अन्तर्राष्ट्रिय जासुसी निकायहरूले निर्दोष नेपाली युवाहरूको पीडा, असन्तोष र आक्रोशलाई उनीहरूले पत्तै नपाउने गरी प्रयोग गरेर संसारकै एक सफल जासुसी विद्रोह सम्पन्न गराएको उनको दाबी छ। यस्ता खालका विद्रोहमा युवाहरूले आफैँले सबथोक गरेको ठाने पनि वास्तविक रूपमा त्यसलाई सञ्चालन गर्ने शक्ति अर्कै हुने उल्लेख गर्दै मिश्रले भविष्यमा यस घटनाको पृष्ठभूमिमा हलिउडको जासुसी सिनेमा समेत बन्न सक्ने अनुमान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट